nic asia bank limited
काठमाण्डौ । एनआईसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ ।
‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाईटिकामा ग्राहकहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गरेमा दक्षिणा रकममा थप रू.१०० बैंकले आफ्नो तर्फबाट प्रदान गरिदिने एक विज्ञप्तिमा उल्लेख छ ।
यस बैंकमा आबद्ध ग्राहकहरूलाई भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको र यो योजनामा सहभागी हुन न्यूनतम रू. ५०० स्थानान्तरण गर्नुपर्ने बैंकले प्रष्ट पारेको छ ।
यो योजना अवधीभर बैंकको तर्फबाट एकजनाले अधिकतम रू. ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । सो रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गरिदिनेछ ।
योजनाअन्तर्गत मोवाइल बैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मो बैंक एपमा रहेको डिजीटल दक्षिणामा ट्याप गरी आफूले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमाक्र्समा भाइटिका जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।
भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने बैंकको दाबी छ ।
बैंकको ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिकदेखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ समेत लिनसक्ने योजना कार्यान्वयनमै छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago