काठमाण्डौ । तरलताको चरम अभाव भइरहेको बेला समेत एनआइसी एशिया बंैकले निश्कासन गरेको डिबेञ्चरमा आवेदन दिएका सबैले सुनौलो अवसर प्राप्त गरेका छन् ।

बैंकले ९  प्रतिशत अर्धवार्षिक ब्याज दिने गरी एनआइसी एशिया डिवेञ्चर २०८१ ८२ मा उत्साहजनक सहभागिता रहेको हो । ब्याजदरको तीव्र उतारचढावले लगानीयोग्य रकमको अभावको समस्यालाई समेत पन्छाउँदै लगानीकर्ताहरुले ३ अर्ब रुपैयाँ बराबरको सबै डिवेञ्चरका लागि आवेदन दिएका हुन् ।

एनआइसीको डिवेञ्चरमा पुस २१ गतेबाट आवेदन लिने कार्य बन्द गरिएको थियो । डिवेञ्चरको  मंगलबार(पुस २५ गते) बाँडफाँड गरिएको हो । आवेदन दिने सबैले डिवेञ्चर प्राप्त गरेकाा र पुस २५ गतेदेखि नै गणना हुने गरी घोषित ब्याजदर  पाउने बताइएको छ । 

विगतको दशकदेखि बैंकिङ्ग क्षेत्रमा कायम रहेको ब्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत ब्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिन्छ । 

यस बैंकले जारी गरेको नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशिको डिबेञ्चर नेपालको पूँजीबजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा साबित हुने दाबी  गरिएकोछ । यसले देशको पूँजी बजार विकासमा समेत सकारात्मक टेवा  पुर्याउने बैंकको भनाई छ ।

निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिनेछ, जसपश्चात दोस्रो बजारमा समेत सोको कारोबार गर्न सकिनेछ ।