काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । 

क्यापिटलको थापाथलीस्थित रजिष्टर्ड कार्यालयमा साधारणभा सम्पन्न भएको हो । 

सभाले साधारण प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७५/०७६को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै अषाढ मसान्त, २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ। 

साथै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ११ प्रतिशतका (कर सहित) दरले हुन आउने रु.२,२०,००,००० (अक्षरेपी दुई करोड बीस लाख मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआइसी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रीप्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै एनआई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरगतको सामूहिक लगानीकोष योजना “एनआई सी एशिया ग्रोथ फण्ड” तथा “एनआई सी एशिया ब्यालेन्स फण्ड” संचालन गरिरहेको छ ।