काठमाण्डौ । एनआइसी एशिया बैंकले जारी गरेको ‘एनआइसी एशिया ऋणपत्र २०८१/८२’ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएकोछ । 

नेप्सेका प्रमुख कार्यकारी  अधिकृत चन्द्रसिंह साउद र बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बैशाख ३  गते एक सम्झौता हस्ताक्षर गरी ऋणपत्र सूचिकृत गरिएको बताएका हुन् । 

‘९ प्रतिशत एनआइसी एशिया  ऋणपत्र २०८१/८२’ नाम दिइएको यो ऋणपत्रलाई बोण्डधनीहरुले धितोपत्र बजारमा कारोबार गर्न सक्नेछन् । 

बंैकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको ऋणपत्र  हो । यो ऋणपत्रका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो । 

उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले "LA–" क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्नसक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।