Nic asia capital
काठमाण्डौ । सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यले एनआइसी एशिया क्यापिटल लिमिटेडले सन्ध्याकालीन काउण्टर संचालनमा ल्याएको छ ।
यस सन्ध्याकालीन काउण्टरमार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समय भन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने छन् । एनआइसी एशिया क्यापिटलको बबरमहल, काठमाण्डौ स्थित कार्यालयमा आईतबारदेखि बिहीबारसम्म बिहान १०:०० बजेदेखि दिउँसो ०३ः०० बजेसम्म तथा सन्ध्याकालिन काउण्टर दिउँसो ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म र शुक्रबार बिहान १०:०० बजेदेखि दिउँसो ०१ः०० बजेसम्म तथा सन्ध्याकालिन काउण्टर दिउँसो २ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म साउन २० गते आइताबारदेखि लागू हुने गरी संचालनमा ल्याएको छ ।
यसमार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभांश विवरण, शेयर अभौतिकरण गर्ने, लगानी व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै यस क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराइने क्यापिटलले जनाएको छ ।
सेवाग्राहीहरुको व्यस्ततालाई मध्यनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ। यो सेवाले कामकाजी सेवाग्राहीहरु तथा व्यस्त समयमा सेवा लिन असुविधा हुने सेवाग्राहीहरुलाई विशेष उपयोगी हुने बताइएको छ ।
हाल एनआइसी एशिया क्यापिटलले सेयर रजिष्टार, निक्षेप सदस्य, निश्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ता, लगानी व्यवस्थापन, परामर्श सेवा तथा म्युचुअल फण्ड सम्बन्धी सेवा संचालन गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago