काठमाण्डौ । एनआइसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि  आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ । 

सो सुविधाअन्तर्गत एनआइसी एशियाको डिम्याट खाता फागुन २२ गतेदेखि चैत ६ गतेसम्मका लागि पूर्ण रुपमा निःशुल्क गरिएको छ । 

साथै एक महिनाका लागि फागुन २२ देखि चैत २२ गतेसम्म लगानी व्यवस्थापन सेवाका सबै शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको क्यापिटलले जनाएको छ । 

एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय सेवा मार्फत लगानीकर्ताहरुलाई पुँजी बजारमा सवल तथा सुसूचित भई लगानी गर्न प्रोत्साहन गर्दै आइरहेको छ । 

डिम्याट खाता संगै एनआइसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा बिक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।