काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझी नियुक्त भएका छन् । 

क्यापिटलको ५५ औं संचालक समितिको बैठकले रायमाझीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् । 

विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको कार्यकालमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास संचालक समितिका अधिकारीहरुले व्यक्त गरेका छन् ।