काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको साउन मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) १०.१२ रुपैयाँ कायम भएको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार यो गत महिना असारको तुलनामा २६ पैसाले बढी हो। गत महिना यो फन्डको न्याभ ९.६८ रुपैयाँ कायम भएको थियो।

योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको यो फन्डको कुल नाफा १ करोड ९६ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो महिना ११ करोड ८५ लाख रुपैयाँ रहेको थियो।

यो फन्डको कुल लगानी साउन मसान्तसम्म ६१ करोड ९१ लाख रुपैयाँ रहेको छ। जुन असार मसान्तसम्मको तुलनामा ५.०४ प्रतिशतले कम हो। गत असार मसान्तसम्म यो फन्डको कुल लगानी ६५ करोड २० लाख रुपैयाँ रहेको थियो।

साउन मसान्तसम्म यो फन्डले सूचीकृत धितोपत्रअन्तर्गत सेयरमा ६१ करोड ७६ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १५ लाख २४ हजार रुपैयाँ लगानी गरेको छ। असार मसान्तसम्म भने यस्तो लगानी सेयरमा ६४ करोड ११ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड ८ लाख रुपैयाँ रहेको थियो।

यो फन्डले हालसम्म सूचीकृत २२ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक, एउटा वित्तीय संस्था, ८ वटा जलविद्युत् कम्पनी, ५ वटा जीव बीमा कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी, २१ वटा लघुवित्त संस्था, ६ वटा म्युचुअल फन्ड समूह र ४ वटा अन्य समूहका कम्पनीमा लगानी गरेको छ।