काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डको साउन मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) १०.५६ रुपैयाँ कायम भएको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार यो फन्डको न्याभ गत महिना असारको तुलनामा ५१ पैसाले घटेको हो। गत महिना न्याभ ११.०७ रुपैयाँ कायम भएको थियो।

योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको यो फन्डको कुल नाफा ६५ लाख ७७ हजार रुपैयाँ रहेको छ। जुन अघिल्लो महिना २ करोड २४ लाख रुपैयाँ रहेको थियो।

यो फन्डको कुल लगानी साउन मसान्तसम्म १५ करोड ६ लाख रुपैयाँ रहेको छ। जुन असार मसान्तसम्मको तुलनामा ६.४९ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म यो फन्डको कुल लगानी १४ करोड १४ लाख रुपैयाँ रहेको थियो।

साउन मसान्तसम्म यो फन्डले सूचीकृत धितोपत्रअन्तर्गत सेयरमा १० करोड ५९ लाख रुपैयाँ, बैंक मुद्दति निक्षेपमा ३ करोड रुपैयाँ, ऋणपत्र तथा बन्डमा १ करोड २५ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ११ लाख ४३ हजार रुपैयाँ लगानी गरेको छ। असार मसान्तसम्म भने यस्तो लगानी सेयरमा १० करोड ७२ लाख रुपैयाँ, बैंक मुद्दति निक्षेपमा २ करोड रुपैयाँ, ऋणपत्र तथा बन्डमा १ करोड २५ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १६ लाख ७० हजार रुपैयाँ लगानी गरेको छ।

यो फन्डले हालसम्म सूचीकृत १६ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, २ वटा वित्तीय संस्था, २ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, ९ वटा लघुवित्त संस्था, २ वटा म्युचुअल फन्ड र एउटा अन्य समूहका कम्पनीमा लगानी गरेको छ।