काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा १४.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १ अर्ब ८४ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय १ अर्ब ५४ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

प्रथम त्रैमासमा कम्पनीले ५९ लाख २९ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १९ लाख नाफा आर्जन गरेको थियो। 

कम्पनीको व्यवस्थापन खर्च ३३ करोड ४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च ३८ करोड ५७ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १६.९० प्रतिशतले बढेर ९७ अर्ब ५० करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जीवन बीमा कोषमा ८३ अर्ब ४० करोड रुपैयाँमा सीमित थियो। 

गत वर्ष यही अवधिमा ६६ करोड ८९ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार ८.८५ प्रतिशतले घटेर ६० करोड ९७ लाख रुपैयाँमा सीतित बनेको छ। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ०.२२ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ १३६.५७ रुपैयाँ रहेको छ।