काठमाण्डौ । एफपीओ निष्कासनको मुख्य अजेन्डासहित एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले डोकेको विशेष साधारणसभाका लागि बुक क्लोजको मिति तय गरेको छ।
संस्थाले यही असोज १८ गते आइतबार कैलालीको धनगढीस्थित होटेल दिनेशमा विशेष साधारणसभा डोकेको छ। विशेष साधारणसभा प्रयोजनार्थ संस्थाले यही असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ९ गतेसम्म कायम सेयरधनीहरुमात्र विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्। असोज १० गते शनिबार परेको छ।
सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना परिवर्तन गर्ने मुख्य अजेन्डाहरुले प्रवेश पाउनेछन्। सभामा संस्थाले पुनः सर्वसाधारणका लागि एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित हुनेछ।
यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभामा अनुमोदन हुनेछ।
सभाले संस्थामा गाभिएका साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था र दिव्य लघुवित्त वित्तीय संस्थासँगको मर्जर अनुमोदन गर्नेछ। मर्जरपछि कायम रहने एनआरएन लघुवित्तको आगामी चारवर्षे कार्यकालका लागि चारजना संस्थापक र दुईजना सर्वसाधारणका तर्फबाट गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने निर्णय पनि सभाले पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19