काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरमा जाने प्रक्रिया थालेको छ। 

संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले मर्जर समिति गठन गरेसँगै यो प्रक्रियाको थालनी भएको हो। बैठकले सञ्चालक रोमणिप्रसाद पाठकको संयोजकत्वमा तीन सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ। समितिका सदस्यमा जितेन्द्र बाहेती र सविता सापकोटा रहेका छन्। 

यो समितिको मुख्य उद्देश्य भनेको उपयुक्त वित्तीय संस्थाको अध्ययन गरी मर्जर वा प्राप्ति सम्पन्न गर्नेछ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त संस्थाहरुले एक आपसमा मर्जर वा प्राप्तिको नीतिलाई सहयोग पुर्याउने उद्देश्यले यो प्रक्रियाको थालनी गरिएको संस्थाले प्रस्ट पारेको छ।