काठमाण्डौ । दोश्रो बजारमा ५०० रुपैयाँ प्रतिकित्ता हाराहारीमा कारोबार भइरहेको एनएमबि माइक्रोफाइनान्सका प्रमुख वित्तीय सूचकहरु ओरालो लागेका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रमुख वित्तीय सूचकहरु ओरालो लागेको देखिएको हो ।
पहिलो त्रैमासमा कम्पनी ४ करोड ७३ लाख रुपैयाँले घाटामा गएको छ । जसका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी २६.२५ रुपैयाँले नेगेटिभ बनेको छ भने मूल्य आम्दानी अनुपात पनि १८.९० गुणाले नकारात्मक छ । रिटेन अर्निङ पनि ३ करोड २६ लाखले नेगेटिभ छ ।
कुल ७२ करोड १४ लाख चुक्तापूँजी रहेको यो कम्पनीले समीक्षा अवधिमा ४ करोड ७० लाख बढीको सञ्चालन घाटा व्यहोरेको छ ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य घाटा ५ करोड ४१ लाख बढी छ ।
यो अवधिमा कम्पनीले ५ करोड ७४ लाख खूद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष यही अवधिमा ८ करोड ७२ लाखभन्दा बढी थियो ।
अघिल्लो वर्ष यही अवधिसम्म इम्प्येरमेन्ट चार्जको रुपमा १ करोड ५५ लाख बढी छुट्याएको एनएमबी माइक्रोफाइनान्सले यो वर्ष सोही अवधिमा भने २ करोड ६१ लाख छुट्याउनु परेको छ ।
आम्दानी घटेर इम्प्येरमेन्ट चार्ज लगायतका प्रभिजनहरु बढ्दा कम्पनी घाटामा गएको देखिन्छ ।
अघिल्लो वर्षको यही अवधिसम्म ५.६८ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर यो वर्ष ७.२७ प्रतिशत पुगेको छ । यो भनेको खराब कर्जा केन्द्रीय बैंकले तोकेको सीमाभन्दा माथि पुगेको भन्ने हो ।
यो कम्पनीको आधार दर नै बढेर १९.०६ प्रतिशत पुगेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19