nmb microfinance bittiya sanstha ltd
काठमाण्डौ । एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा ४ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ ।
यो माइक्रो फाइनान्स कम्पनीले अघिल्लो वर्ष २ करोड ९८ लाख मात्र खूद नाफा आर्जन गरेको थियो ।
आर्थिक वर्ष ०७३/७४ मा एनएमबी माइक्रोफाइनान्सले १३ करोड ७६ लाख खूद ब्याज आम्दानी गरेको छ, अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ३० लाखमा सीमित थियो ।
माइक्रो फाइनान्सले यो अवधिमा १ अर्ब ४८ लाख सापटी लिई १ अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८६ करोड ५ लाख सापटी लिएर ९२ करोड ७७ लाख कर्जा प्रवाह गरेको थियो । यो कम्पनीले अघिल्लो वर्ष १९ करोड २७ लाख निक्षेप संकलन गरेकोमा यो वर्ष ४० करोड ४१ लख संकलन गरेको छ ।
अघिल्लो वर्ष १.१५ प्रतिशतमा रहेको निस्क्रिय कर्जालाई घटाएर यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ०.९८ प्रतिशतमा झारेको छ ।
यो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४०.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९३.९५ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १९०६.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०.६६ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago