रासस काठमाण्डौ । एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ पर्नुभएको छ । 
उहाँले सो वित्तीय सस्थाबाट  रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको  सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उहाँ दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत हुनुहुन्थ्यो । सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ ।  गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको देखिन्छ ।