काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ का लागि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि (कात्तिक २५ गते) बुक क्लोज गर्दैछ। यसको मतलब आज (कात्तिक २४ गते) सम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

कम्पनी उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब २ करोड ४६ लाख ५० रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आउँदो मंसिर ५ गते काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुने १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।