काठमाण्डौ । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडवीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। ई–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो।
सम्झौताअनुसार ई–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ। सम्झौतापत्रमा ई–बीमाका तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन्।
हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे। ‘ई–बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध छौँ’, उनले भने।
एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बीमा नीतिहरुका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै ई–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे। बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रुपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरु प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए।
ई–बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरुको लागि एक– स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरुलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ। ई–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरुलाई डिजिटलाइज गर्न सक्रिय छ। ई–बीमाको सेवा गैर–जीवन बीमा योजनाहरु र उत्पादनहरुमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरु र अन्य क्षेत्रहरुमा आफ्ना ग्राहकहरुलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरु प्रदान गर्न सक्रिय रुपमा संलग्न छ।
ई–बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरुका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago