काठमाण्डौ । विराटलक्ष्मी बैंकले आर्थिक २०७२/७३ को चौथो त्रैमासमा १० करोड ११ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड ६१ लाख रुपैयाँ रहेको नाफामा यो बैंकले ६.८१ को प्रतिशतको प्रगति हासिल गरेको हो । 
बैंकले प्रकाशन गरेको वित्तीय विवरणका अनुसार आब २०७१/७२ मा २० करोड ५ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी त्यसपछिको आर्थिक वर्षमा बढेर २१ करोड ९५ लाख रुपैयाँ पुगेको छ । 

आब २०७२/७३ मा यो बैंकले ५ अर्ब ७ करोड निक्षेप संकलन गरी ३ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ भने अघिल्लो आबको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड निक्षेप संकलन गरी २ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकको चुक्तापूँजी ४२ करोड ५३ लाख रुपैयाँ रहेको छ भने सञ्चित कोषमा १७ करोड ९८ लाख रुपैयाँ रहेको छ । 

बैंकले निस्क्रिय कर्जा प्रतिशतलाई पनि सामान्य अंकमा सुधार गरेको छ । ०.५२ प्रतिशत रहेको निस्क्रिय कर्जा यो पटक घटेर ०.४२ प्रतिशतमा आइपुगेको छ । 

बैंकको प्रति सेयर आम्दानी २३.७८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४२.१४ रुपैयाँ रहेको छ । पीई रेसियो १६.८२ रहेको छ ।