काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १३२.२३ प्रतिशतले बढी हो। 

चौथो त्रैमासमा संस्थाले १ करोड ९१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ करोड ३४ लाख रुपैयाँ थियो। यो हिसाबले संस्थाको सञ्चालन मुनाफा पनि ४२ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ९१ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी ९ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले १ अर्ब ६ करोड रुपैयाँ सापटी लिई १ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९५ करोड २३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

संस्थाको रिजर्भको आकार ७३.७७ प्रतिशतले बढेर ५ करोड २० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड ९९ लाख रुपैयाँ थियो। 

संस्थाले खराब कर्जा अनुपात(एनपीएल)मा ब्यापक सुधार गरेको छ। अघिल्लो वर्ष ८.५६ प्रतिशत रहेको एनपीएल समीक्षा अवधिमा घटेर १.८३ प्रतिशतमा झरेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २३.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४०.०५ गुणा र प्रतिसेयर नेटवर्थ १५४.६९ रुपैयाँ रहेको छ।