काठमाण्डौ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमीटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक बीच  पुस ०४ गतेका दिन तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्ना कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउनेछ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा बीच हस्ताक्षर भएको छ ।