काठमाण्डौ । नेशनल बैंकिङ ईन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नका लागि एक सम्झौता भएको छ ।
सम्झौतामा नेशनल बैंकिङको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे ।
यस सम्झौैताअनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराइनेछ ।
बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोवाइल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नका लागि प्रेरित गर्ने बताइएको छ।
साथै, बैंकले एनबीआई एपमार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिका तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19