काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले हालै धितोपत्र बोर्डबाट स्वीकृति ८० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

फागुन १७ गते बोर्डबाट स्वीकृत १० बराबर ८ को अनुपातको हकप्रदका लागि चैत १७ गतेलाई बुक क्लोजको मिति तोकेको हो । 

नेप्सेमा बिहीबार एक सूचना प्रकाशित गर्दै बैंकले सेयरधनी दर्ता किताब चैत १७ गते हुने उल्लेख गर्दै चैत १५ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र ८० प्रतिशत हकप्रदमा आवेदन दिन योग्य हुने बताएको छ । चैत १६ गते सार्वजनिक विदा हो । 

एनबी बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा ग्लोबल आइएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा कार्य गर्नेछ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो । बोनस सेयरपछि बैंकको चुक्तापूँजी ४ अर्ब १ करोडको उचाईमा पुुग्छ । त्यसपछि जारी हुने ८० प्रतिशत अनुपातको हकप्रदपछि बैंकको चुक्तापूँजी ७ अर्ब २१ करोड रुपैयाँ पुुग्नेछ । 

एनबी बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५४ करोड ६ लाख खूद नाफा आर्जन गरेको छ । यो समाचार तयार पार्दासम्म एनबी बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता ६ सय ५१ रुपैयाँ रहेको छ ।