NCC Bank Special AGM
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडको सिद्धार्थनगर भैरहवामा बुधवार सम्पन्न विशेष साधारणसभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंक लिमीटेडबीच गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंक संचालक तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाको सभापतित्वमा सम्पन्न सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न तथा गराउन बैंकको संचालक÷व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मर्जर प्रयोजनका लागि सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न नियुक्त लेखापरीक्षकले तयार पारेको सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन डिडिए रिपोर्ट बमोजिम समायोजित नेटवर्थका आधारमा एनसीसी बैंकको एक शेयर बराबर कुमारी बैंक लिमीटेडको एक शेयर (१ः१), इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शून्य दशमलव ७७ शेयर (१ः०.७७), इण्टरनेशनल डेभलपमेण्ट बैंकको शून्य दशमलव ७३ (१ः०.७३), एपेक्स डेभलपमेण्ट बैक लि.को शून्य दशमलव ४८ शेयर (१ः०.४८) र सुप्रिम डेभलपमेण्ट बैंक लिमीटेडको शून्य दशमलव ७७ शेयर (१ः०.७७) हुनेगरी शेयर आदान प्रदान अनुपातको सेयर स्वाप रेसियो सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।
मर्जरपछि बन्ने संस्थामा एनसीसी बैंकको प्रबन्धपत्र तथा नियमावली लागु हुने भएकोले सोही अनुसार प्रवन्ध पत्र तथा नियमावलीमा प्रस्तावित संशोधन समेत पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19