Ramesh Raj Aryal
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएका छन् ।
२०७२ पुस १४ गतेदेखि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उनलाई बैंक व्यवस्थापन समितिले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त गरेको हो । एनसीसी बैंक समस्याग्रस्त भएपछि यहाँ नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको टिमले व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेको छ ।
नेपाल ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट २६ वर्ष अगाडिदेखि बैकिङ्ग करिअर सुरु गरेका अर्याल विगत २० वर्षदेखि एनसीसी बैंकमा कार्यरत बैंकिङ्ग क्षेत्रका एक अनुभवी व्यक्ति हुन् ।
नेपाल राष्ट्रबैंकको व्यवस्थापन रहेको बैंकमा उनको सहयोगी भावना र सहकार्यकै कारण ४ वटा विकास बैंकसँग एनसीसीको मर्जर अन्तिम चरणमा छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago