काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेड(एनसीसी बैंक)ले बागलुङ्ग नगरपालिकाको वडा नं. ३, हल्लनचोकमा शाखा कार्यालय स्थापना गरेको छ । 

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै बागलुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेलले एनसीसी बैंक बागलुङ्गमा स्थापना भएकोमा खुशी व्यक्त गर्दै यस क्षेत्रका बासिन्दा तथा व्यवसायीहरुलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रमुख पौडलले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत सहभागी हुनुपर्नेमा जोड दिए ।

सो कार्यक्रमको अध्यक्षता गर्दै बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एनसीसी बैंक स्थानीय निकायहरुसंग समन्वय गरी अगाडि बढ्ने बताए ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका साथै आगन्तुक सम्पूर्ण अतिथीहरुलाई स्वागत गरे ।

उक्त कार्यक्रममा बागलुङ्ग उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री युवराज राजभण्डारी तथा बागलुङ्ग नगरपालिका, वडा नं. ३ का अध्यक्ष श्री लक्ष्मी वास्कोटाले समेत मन्तव्य व्यक्त गरेका थिए ।

एनसीसी बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा रु. ५९.१ अर्ब निक्षेप संकलन गरी रु. ५२.१२ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । साथै सोही अवधिमा बैंकको खूद नाफा रु. ५४.३१ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको खूद नाफा रु. १६.७६ करोडमात्र रहेको थियो ।