काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच मिति २०७५ भाद्र १२ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एन.बी.आईले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago