काठमाण्डौ । चारवटा राष्ट्रिय स्तरका विकास बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न गरी इतिहास रचेको केही दिन नबित्दै नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले अर्को इतिहास रचेको छ ।

यो बैंकले व्यवस्थापनमा दोश्रो तहको पदमा महिला कर्मचारीलाई नियुक्त गरी नयाँ इतिहास रचेको हो । यो तहमा हालसम्म मेगा बाहेक अन्य कुनै पनि वाणिज्य बैंकले महिलालाई नियुक्त गरेको थिएन । 

एनसीसी बैंकले सोही बैंकमा नायव महाप्रबन्धकमा कार्यरत बन्दना पाठकलाई कामुु महाप्रबन्धक तथा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नु भएकी पाठकले बैकिङ्ग करियर १९९४ मा नेपाल बंगलादेश बैंकबाट सुरु गरेकी हुन् । बैंकिङ्ग क्षेत्रमा एक अनुभवी एवं कुशल नारी हस्ताक्षरको रुपमा चिनिएको पाठक १० वर्षसम्म एनबी बैंकमा काम गरी सन् २००४ बाट एनसीसी बैंकमा नायव प्रबन्धक जिम्मेवारी लिएर सेवा सुरु गरेकी थिइन । 

सहायक पदबाट बैकिङ्ग सेवा शुरु गरेकी पाठक नेपालको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्नु हुने सम्भवतः पहिलो महिला रहेकी बैंकले दाबी गरेको छ ।