काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं.१४ अर्गलीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । 

शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले पुस १४ गते शनिबारका दिन एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन  गरे ।

उक्त अवसरमा रुरु संस्कृत विद्यापिठ का प्राचार्य लिलामणी शर्मा, उद्योग वाणिज्य संघ पाल्पाका सदस्य विष्णु न्यौपाने र तानसेन न.पा.वडा नं.१४ का वडा अध्यक्ष कमल रानाले शुभकामना व्यक्त गरेका थिए । 

बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले अध्यक्षता गरेकाउक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक मानबहादुर रावलले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।