काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले समेत नेपाल धितोपत्र बोर्डबाट आस्वामा सहभागिताको अनुमति पाएको छ । 

यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।

यस सेवाबाट एनसीसी बैंकमा खाता भएका ग्राहकहरु प्राथमिक निष्कासनको समय आवेदन बुझाउन घण्टौं लाईन बस्नुपर्ने, बाँडफाँड पश्चात् चेक संकलन गर्नु पर्ने, चेक संकलन गर्नु पर्दा घण्टौं लाईन बस्नुपर्ने, चेक क्लियरिङ्ग गर्नुपर्ने जस्ता समस्याबाट झञ्झटमुक्त हुने बैंकले जनाएको छ ।