काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको साधारणसभाले १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजी ०.७८९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

माघ १७ गते सम्पन्न २२ औं वार्षिक साधारणसभाले संचालक समितिको बैठकबाट भएको प्रस्तावलाई सर्वसम्मतिका साथ पारित गरेको हो । 

संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न साधारणसभाबाट पारित १५ प्रतिशतबोनस शेयर बितरण पश्चात बैंकको चुक्तापूजी ९अर्ब ३५ करोड ३९ लाख १६ हजार पुगेको छ । 

साथै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समूहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यका लागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।