काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ठूलो कित्ता संस्थापक सेयर लिलामीबाट बिक्री गर्ने अफर सार्वजनिक भएको छ ।
बिहीबार प्रकाशित एक सूचना अनुसार बैंकमा रहेका केही संस्थापकहरुले उनीहरुको स्वामित्वमा रहेको ७० लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका बताइएको छ ।
माघ १८ गते(आज)देखि ती सेयरको लिलामीमा आवेदन खुल्ला गरिएको उल्लेख गर्दै प्रतिकित्ता २ सय १० रुपैयाँ मूल्य तोकिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २१० प्रतिकित्ताका दरले लिलामीका लागि आगामी फागुन ३ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बताइएको छ ।
न्यूनतम १०० कित्ता र अधिकतममा कुनै हद नलाग्ने गरी इच्छुकले बोलपत्र पेश गर्न सक्ने बताइएको छ ।
संस्थापक सेयरको लिलाम बिक्रीका लागि सिबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।
बोलपत्र फागुन ६ गते खोलिने सूचनामा उल्लेख छ ।
बैंकस्थित स्रोतका अनुसार लामो समयदेखि लफडाबाजी गर्दै आएको एनबी समूहले बैंकबाट बाहिरिने योजनामा उसको स्वामित्वमा रहेको सेयरको लिलामबाट बिक्री गर्न लागेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago