काठमाण्डौ । एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंकका संचालक छविरमण अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकले एनसीसीसँग गाभिनुुअघि अनियमित ढंगले डेढ अर्ब बढी कर्जा प्रवाह गरेको अभियोगमा उनलाई शनिवार दिउँसो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले जनाएको छ । 

उनीसँगै जथाभावी कर्जा प्रवाह गरेको अभियोगमा पक्राउ पर्नेको संख्या १४ पुुगेको छ । यसअघि शुक्रबार सीआइबीले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका संचालक समिति अध्यक्ष तथा हाल एनसीसी बैंकका संचालक विष्णुु धितालसहित १३ जनालाई पक्राउ गरिसकेको छ । एपेक्स बैंकका अध्यक्ष धिताल र अधिकारीसहित ३ जना संचालक पक्राउ परिसकेका छन् । 

यो प्रकरणमा संलग्न अन्उ डेढ दर्जन बढी आरोपी भागिरहेका प्रहरीले जनाएको छ ।