काठमाण्डौ । एप्पल कम्पनीको बजार पुँजीकरण पहिलोपटक ३० खर्ब डलर पुगेको छ।
सन् २०२२ को पहिलो कारोबार सत्र अर्थात सोमबार एप्पल कम्पनीको बजार पुँजीकरण इतिहासमै पहिलोपटक ३० खर्ब डलर पुगेको हो।
वर्षको पहिलो कारोबार दिन यो कम्पनीको सेयरभाउ १८२.८८ डलरको इन्ट्राडे रेकर्ड हाई पुग्यो। जसले गर्दा एप्पलको मार्केट भ्याल्यू ३० खर्ब डलर पुगेको हो। यो दिन एप्पल कम्पनीको सेयरभाउ २.५ प्रतिशतले बढेर १८२.०१ डलर पुगेर बजार बन्द भयो।
यसअघि कम्पनीको बजार पुँजीकरण २९ खर्ब ९० अर्ब डलर भएको छ।
सन् २०१८ मा एप्पलको बजार पुँजीकरण १० खर्ब डलर पुगेको थियो। योसँगै बजार पुँजीकरण १० खर्ब डलर पुग्ने एप्पल अमेरिकाकै पहिलो कम्पनी बनेको थियो। यो उपलब्ध हासिल गर्न एप्पल कम्पनीलाई ४२ वर्ष लागेको थियो।
त्यसको २ वर्षपछि सन् २०२० मा एप्पलको कुल बजार पुँजीकरण २० खर्ब डलरको भएको थियो। त्यसको एक वर्षमै कम्पनीको बजार पुँजीकरण ३० खर्ब डलरको भएको हो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago