काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको सेयरभाउमा उछाल आएको छ। 

एप्पलको सेयरभाउ १.१९ डलर अर्थात ०.६३ प्रतिशतले बढेर बुधबार उच्च स्तरमा पुगेको हो। योसँगै एप्पलको सेयरभाउ १८९.२५ डलरमा अन्तिम कारोबार भएको छ। 

सेयरभाउ उकालो लागेसँगै एप्पलको बजार पुँजीकरण मार्केट क्याप पनि करिब ३ ट्रिलियन डलर (२.९८ ट्रिलियन डलर) पुगेको छ।

रिाफइनिटिभ डाटाका अनुसार एप्पल सेयरभाउ लगातार दोस्रो रेकर्ड उच्च स्तरमा पुगेको हो। एप्पलले अहिलेसम्म ३ ट्रिलियन डलरभन्दा बढीको बजार पुँजीकरणका साथ व्यापार सत्र बन्द गरेको छैन। सन् २०२२ जनवरी ३ मा एप्पलको बजार पुँजीकरण इन्ट्रा–डेमा ३ ट्रिलियनभन्दा बढी पुग्यो थियो तर कारोबार सत्र बन्द हुँदा त्यो स्तरभन्दा तल झरेको थियो। 

संसारको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको सेयरभाउ उछाल आउनुको मुख्य कारण यस वर्ष वाल स्ट्रिटका धेरै टेक्नोलोजी दिग्गज कम्पनीको मजबुत रिबाउन्ड नै रहेको छ। फेडरल रिजर्भले चाँडै नै अमेरिकी ब्याजदर घटाउन सक्छ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को आगामी दिनमा आशाजनक भविष्य हुन सक्छ। यही कारण एप्पलको सेयरमा उछाल आएको देखिएको छ।

सन् २०२३ मा अहिलेसम्म एप्पल कम्पनीको सेयरभाउ ४६ प्रतिशतले बढिसकेको छ। –एजेन्सी