काठमाण्डौ। एप्पल कम्पनीको सेयरमूल्य मंगलबार २ प्रतिशतले वृद्धि भएको छ। योसँगै यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता मूल्य ३६४ डलर पुगेको छ।
बितेको एक वर्षमा एप्पल कम्पनीको सेयरमूल्यमा २५ प्रतिशतको उछाल आएको छ। यसले कम्पनीको बजार पूँजीकरण करिब १.६ ट्रिलियन डलर पुगेको छ।
एप्पल कम्पनी अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी हो। यो डोमा सन् २०२० मा दोस्रो सबैभन्दा राम्रो प्रदर्शन गर्ने कम्पनी पनि हो।
एप्पलको प्रतिद्वन्द्वी कम्पनी माइक्रोसफ्ट रहेको छ। एक वर्षको अवधिमा माइक्रोसफ्टको सेयरमूल्य ३० प्रतिशतले वृद्धि भएको छ। यसको कुल बजार पूँजीकरण १.५ ट्रिलियन डलर पुगेको छ।
अब यदि एप्पलको सेयरमूल्य २० प्रतिशतले वृद्धि हुने हो भने कम्पनीको बजार पूँजीकरण २ ट्रिलियन डलर पुग्ने छ। यसका लागि कम्पनीको सेयरमूल्य ४६१.८९ डलर पुग्नुपर्ने छ। तर विषम परिस्थितिका बाबजुत पनि एप्पलले यो सेयरमूल्यमा कायम गर्नेमा धेरैजना आशावादी देखिन्छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago