काठमाण्डौ । टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७.५ करोड युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ।
कम्पनीले नेक्स्ट जेनेरेसन आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने विश्वास लिएको छ। एप्पलले अर्काे महिना फाइभ–जी वायरलेस स्पिडबाट सुसज्जित चारवटा नयाँ आइफोन लन्च गर्ने लक्ष्य लिएको छ। जसमा अलग डिजाइन र ठूलो स्क्रिन साइज प्राप्त हुनेछ।
ब्लुमबर्गले आफ्नो रिपोर्टमा प्रो–डिभाइसेसको तुलनामा लोअर इन्ड वाला फोन चाँडै सिपमेन्ट हुन सक्ने विश्वास लिएको छ। रिपोर्टका अनुसार एप्पलले एज–टु–एज आइप्याड प्रोजस्तै स्क्रिनका साथ नयाँ आइप्याड एयर बनाउने काम गरिरहेको छ। यसका साथै कम्पनी दुइटा नयाँ एप्पल वाच भेरियन्ट र आफ्नो पहिलो ओभर इयर हेडफोन पनि बनाइरहेको छ।
ब्लुमबर्गका अनुसार कम्पनीले अपग्रेडेड गेमिङ र रिमोट कन्ट्रोलका लागि तीव्र प्रोसेसरका साथ एउटा नयाँ एप्पल टीभी बक्स पनि विकास गरिरहेको छ। तथापि अर्काे वर्षसम्म यसको सिपमेन्ट भने हुन सक्ने छैन।
एप्पलले यसबारे कुनै पनि आधिकारिक जानकारी उपलब्ध गराएको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago