काठमाण्डौ । विश्व अग्रणी टेक्नोलोजी कम्पनी एप्पलको बिक्री घटेको छ। 

वित्त वर्ष २०२३ को दोस्रो त्रैमास (जुन महिना)सम्म एप्पल कम्पनीको बिक्री अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले घटेर ८१.८ अर्ब डलर भएको छ। कम्पनीले सबैभन्दा धेरै आइफोनबाट मात्रै करिब ४० अर्ब डलर आम्दानी गरेको छ। यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा २ प्रतिशतले कमी हो। 

म्याक बुकको आम्दानी करिब ७ अर्ब डलर रहेको छ। यो पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा ७ प्रतिशतले कमी हो। 

त्यसैगरी कम्पनीको आइप्याड बिक्रीबाट हुने आम्दानी २० प्रतिशले घटेको छ। 

आम्दानी गिरावट आएसँगै सेयर बजारमा एप्पल कम्पनीको सेयरभाउमा १ प्रतिशतले गिरावट आएको छ। कम्पनीको सेयर १९१ डलरमा अन्तिम कारोबार भएको छ। –एजेन्सी