काठमाण्डौ । बाबा रामदेवको कम्पनी रुची सोयाको फलो–अन पब्लिक अफर (एफपीओ) यही मार्च २४ मा खुल्दैछ। 

यसका लागि कम्पनीले प्रतिसेयर भारु ६१५ देखि ६५० सम्म प्राइस ब्यान्ड तोकेको छ। यसको माथिल्लो ब्यान्ड बिहीबारको बन्द मूल्यभन्दा ३५ प्रतिशत कम छ। जसका कारण आज कम्पनीको सेयरमा भारी गिरावट आएको छ। 

सुरुआती कारोबारमा १७ प्रतिशतले घट्यो। अघिल्लो सत्रमा भारु १००४.४५ मा बन्द भई आज भारु ८३१ मा खुल्यो। बिहान १०ः३० बजे ८.९१ प्रतिशतले घटेर भारु ९१५ मा कारोबार भएको थियो।

तर, यस वर्ष हालसम्म ४.१३ प्रतिशत रिटर्न दिएको यो स्टकले एक महिनामा ३३.५९ प्रतिशतले बढेको छ। कम्पनीको स्टक २० दिन र ५० दिनको मुभिङ एभरेजभन्दा माथि तर ५ दिन, १०० दिन र २०० दिनको मुभिङ एभरेजभन्दा कम कारोबार भइरहेको छ। 

यो स्टकले गत वर्ष जुन ९ मा भारु १३७७ को उच्च बिन्दुमा पुगेको थियो। जब कि गत वर्षमा अप्रिल २२ मा भारु ६१९ को न्यूनमा पुग्यो।

कहिले आउनेछ एफपीओ ?

कम्पनीको एफपीओ मार्च २४ मा खुल्नेछ र मार्च २८ मा बन्द हुनेछ। यो अफरमार्फत भारु ४३ करोडसम्म उठाउने योजना छ। रुची सोया बाबा रामदेवको नेतृत्वमा रहेको कम्पनी पतञ्जली आयुर्वेदको स्वामित्वमा छ। खाद्य तेल उत्पादक रुची सोयाले गत वर्ष अगस्टमा एफपीओ ल्याउन पुँजी बजार नियामक सेबीको स्वीकृति पाएको थियो।

पतञ्जलीले रुची सोयालाई २०१९ मा इन्सोलभेन्सी प्रक्रियामार्फत भारु ४३५० करोडमा किनेको थियो। कम्पनीको हाल करिब ९९ प्रतिशत सेयर प्रवर्द्धकको रहेको छ। कम्पनीले एफपीओमार्फत कम्तीमा ९ प्रतिशत सेयर बिक्री गर्नुपर्नेछ। 

रुचि सोयाले जुन २०२१ मा ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस (डीआरएसपी) को मस्यौदा दायर गरेको थियो। डीआरएचपीअनुसार रुची सोयाले यस निष्कासनबाट प्राप्त आम्दानीलाई केही बक्यौता ऋण चुक्ता गर्न, आफ्नो कार्यशील पुँजी आवश्यकता र अन्य सामान्य कर्पोरेट उद्देश्य पूरा गर्न प्रयोग गर्नेछ।

किन एफपीओ आवश्यक ?

सेबीको मापदण्ड अनुसार कम्पनीमा कम्तीमा २५ प्रतिशत पब्लिक सेयर हुनुपर्छ। प्रवर्द्धकहरुसँग आफ्नो सेयर ७५ प्रतिशतमा झार्न करिब ३ वर्षको समय छ। हाल कम्पनीमा संस्थापकको ९९ प्रतिशत सेयर रहेको छ। कम्पनीले यस एफपीओमा करिब ९ प्रतिशत सेयर बिक्री गर्ने भएको छ। – एजेन्सी