काठमाण्डौ । सर्वसाधारणमा एफपीओ निष्कासनको मुख्य अजेन्डासहित एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणभा डोकेको छ।

संस्थाले यही भदौ २० गते शनिबार कैलालीको धनगढीस्थित होटेल साथीमा विशेष साधारणसभा डाकेको हो। सभामा पुनः सर्वसाधारणमा एफपीओ निष्कासन गर्ने मुख्य अजेन्डा पारित हुनेछ। 

सभाले संस्थामा गाभिएका साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्नेछ। 

सभाले मर्जरपछि कायम रहने संस्थाको आगामी ४ वर्षे कालका लागि ४ जना संस्थापक र २ जना सर्वसाधारणका तर्फबाट गरी जम्मा ६ जना सञ्चालक चयन गर्नेछ। 

सभाले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। नाम परिवर्तनपछि संस्थाको कर्पोरेट कार्यालय काठमाण्डौको बूढानीलकण्ठमा स्थापना गर्ने प्रस्ताव पनिसभाले पारित गर्नेछ।