काठमाण्डौ । एभरेष्ट बैंकले ३३.३३ प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

यो बैंकले आगामी असार ७ लाई हकप्रदका लागि बुक क्लोजको मिति तोकेको हो । 
यसको अर्थ असार ६ गते सम्म एभरेष्ट बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । 

यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

३ बराबर १ को अनुपातमा निश्कासन हुने हकप्रदको बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटलले गर्ने बताइएको छ । हाल एभरेष्ट बैंकको चुक्तापूँजी ४ अर्ब ६० करोड रुपैयाँ छ । हकप्रदपछि चुक्तापुँजी ६ अर्ब २ करोड भन्दा माथि पुुग्नेछ । 

नेपाल राष्टबैंकले तोकेको ८ अर्ब चुक्तापुँजी समयमै पुर्याउन यो बैंकलाई निकै ठूलो सकस हुने देखिन्छ । यहीकारण एभरेष्टले मर्जर वा एक्वीजिसनको ढोका पनि खुल्लै राखेको छ । लक्ष्मी बैंकसँग मर्जको प्रयास भइरहे पनि त्यसको सार्थकता पाउन सकिरहेको छैन ।