काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयरको साथमा लगानीकर्तालाई ६ सय प्रतिशत हकप्रदको भारी बोकाउने भएको छ ।
यो बिमा कम्पनीले लगानीकर्ताका लागि डबल अफरसहितको प्रस्ताव पारित गराउन आगामी असार २३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । यो कम्पनीको लामो समयदेखि साधारणसभा हुन सकेको छैन । यही कारण यसपटक आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको गरी कुल ५ वटा साधारणसभा एकसाथ गर्न लागिएको हो ।
यो बिमा कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० लाख ६५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांशको प्रस्ताव पारितको एजेण्डा अगाडि सारेको छ । बोनसपछि कायम हुने चुक्तापुँजी १२ करोड १५ लाखको ६ सय प्रतिशतको दरले हकप्रदको प्रस्ताव समेत साधारणसभाको मुख्य एजेण्डाको रुपमा लगिँदैछ ।
साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्तापुस्तिका आगामी असार ९ गतेदेखि २३ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ । यसको अर्थ असार ८ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
हाल यो बिमा कम्पनीको चुक्तापुँजी १० करोड १२ लाख रुपैयाँ मात्र छ । बोनस र हकप्रद समेत जारी भएपछि चुक्तापुँजी ८५ करोड ५ लाखको उचाईमा पुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago