काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आइतबारदेखि ३३.३३ प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।
बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो ।
हकप्रदका लागि इच्छुक सेयरधनीले आगामी साउन २२ गतेभित्र तोकिएका स्थानमा गएर आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
एभरेष्ट बैंकले हकप्रद सेयरका लागि असार ७ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ गत असार ६ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।
हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । बिक्री प्रबन्धकको काठमाण्डौ, लाजिम्पाटस्थित मुख्य कार्यालय र एभरेष्ट बैंकका सबै शाखा कार्यालयहरुबाट हकप्रदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
हाल एभरेष्ट बैंकको चुक्तापूँजी ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी ६ अर्ब ३ करोडको उचाईमा पुुग्नेछ ।
यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको थियो ।
एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको आन्तरिक प्रक्रिया चलिरहेको बताउने गरिए पनि यो सम्बन्धमा आधिकारिक जानकारी बाहिर आइसकेको छैन । एभरेष्ट बैंकले १०० ः ३५ को सेयर स्वाप अनुपातमा लक्ष्मी बैंकलाई खरीद गर्न लागेको हल्ला अहिले सेयर बजारमा व्यापक छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago