काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति गरेको छ । यो कम्पनीले यो अवधिमा ४ करोड ५५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ८१ लाखमा सीमित थियो । 

यो अवधिमा एभरेष्टले १० करोड १८ लाख बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९ करोड ८७ लाख थियो । 

समीक्षा अवधिमा यो कम्पनीले ४ करोड ८१ लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी ६ करोड २५ लाख थियो । 

यो कम्पनीले भने व्यवस्थापन खर्च घटाएको छ । अघिल्लो वर्षसम्म ५ करोड १५ लाख रहेको व्यवस्थापन खर्च घटेर समीक्षा अवधिको अन्तसम्म ५ करोड १० लाखमा सीमित बन्न पुुगेको हो । 

समीक्षा अवधिसम्म एभरेष्टको बिमालेखको संख्या १८ हजार ५ सय ५८ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या १३ हजार ६ सय ३४ रहेको थियो । 

अघिल्लो वर्ष ४ करोड ८८ लाखमा सीमित बिमा कोष बढेर १५ करोड २३ लाखको उचाईमा पुुगेको छ । यस्तै, १७ करोड ७ लाखमा सीमित जगेडाकोष भने घटेको छ । समीक्षा अवधिको अन्तसम्म जगेडा कोषमा ११ करोड ४८ लाख रहेको छ । 

यो कम्पनीको चुक्तापूँजी १२ करोड १५ लाख मात्र छ । 

यो अवधिमा एभरेष्ट इन्स्योरेन्सको प्रतिसेयर आम्दानी  ३७.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३८१.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६५.३० गुणा कायम भएको छ ।