काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा ५३ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ । 

बैंकले बिहीबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ३४ लाखमा सीमित खूद नाफा बढेर ५३ करोड १४ लाखको उचाईमा पुुगेको हो । 

बैंकको यो अवधिमा खूद ब्याज आम्दानीतर्फ राम्रो बढोत्तरी भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ९१ करोड रहेको यस्तो आम्दानी यो वर्षको सोही अवधिमा बढेर १ अर्ब ३ करोड पुुगेको छ । 

बैंकले यो अवधिमा ९९ अर्ब ३७ करोड निक्षेप संकलन गरी ८१ ऋर्ब ८५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८९ अर्ब १५ करोड निक्षेप संकलन गरी ६९ अर्ब ५३ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ७४ करोड रहेको चुक्तापूँजीलाई बढाएर यो वर्षको सोही अवधिसम्म आइपुुग्दा ६ अर्ब ११ करोड पुुगेको छ । जगेडाकोषमा ६ अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ । 

हकप्रद सेयर जारी गरेर चुक्तापूँजी बढाएका कारण मूल्य समायोजन हुँदा त्यसको असर प्रति सेयर आम्दानी(इपीएस)मा परेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ७८.३१ रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा घटेर ३५.२२ रुपैयाँ सीमित रहेको हो । 

यो अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ३५.२९ गुणा, प्रतिसेयर नेटवर्थ २१०.६५ रुपैयाँ कायम भएको छ ।