काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी मंसिर १६ गतेदेखि १०५ प्रतिशतको अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो । 

हकप्रद भर्न इच्छुक सेयरधनीले पुस २२ गतेसम्ममा खरीदका लागि आवेदन दिनुपर्नेछ ।

यो कम्पनीको कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद खरीद गर्न पाउनेछन् ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ । 

इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड फोरको रेटिंग प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी बढी २७ करोड ३९ लाखको उचाईमा पुग्नेछ ।

त्यसपछि पनि यो कम्पनीले ३ सय प्रतिशतको दरले हकप्रद सेयर निश्कासनको योजना बनाएको छ । थप ३ सय प्रतिशत हकप्रद निश्कासनपछि यो कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब माथि पुग्नेछ ।