everest bank limited
                                    काठमाण्डौ । एभरेष्ट बैंकसँग सनराइज बैंकको मर्जर हुन लागेको हल्ला चलाएर दोश्रो बजारको सेयरमूल्यमा चलखेल भएको पाइएको छ ।
एभरेष्ट बैंकले हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि कुराकानी गरेको छैन । अनौपचारिक कुराकानी पनि भएको छैन । तर, केही खेलाडीहरुले एभरेष्ट बैंकको नामसँग सनराइज बैंकको नाम जोडेर बजार घटेको बेला सेयरमूल्यमा खेल्ने प्रयास गरेका पाइएको हो ।
एभरेष्ट बैंकका प्रवक्ता केशवराज पौडेलले आफ्नो बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि औपचारिक वा अनौपचारिक कुराकानी वा छलफल नै नगरेको प्रष्ट पारे । ‘तपाईहरुलाई पनि थाहै होला, हामीले अहिलेसम्म सम्भावित मर्जरका लागि कुनै कमिटी नै बनाएका छैनौं । यसको अर्थ हामी तत्काल मर्जरमा जाने पक्षमा छैनौं भन्ने नै हो । राष्ट्रबैंक वा अन्य कुनै निकायबाट हामीलाई मर्जरमा जानुपर्ने निर्देशन वा दवाब पनि छैन ।’ उनले थपे ।
उनले एभरेष्ट बैंक मर्जरमा जानुपर्ने अवस्थामा समेत नरहेको प्रष्ट पारे।
एभरेष्ट बैंककै एक सञ्चालकले पनि सनराइज वा अन्य कुनै पनि बैंकसँग मर्जरको कुनै पनि छलफल नभएको प्रष्ट पारे ।‘यो सबै कसैले सेयर बिक्री गर्न गरेको फण्डा मात्र हो ।’ ती सञ्चालकले भने–‘बैंकको आगामी एजीएमले कस्तो म्याण्डेड दिन्छ, त्यहीअनुसार हामी अगाडि बढ्छौं । अहिले मर्जरमा जानुपर्ने हतारो वा बाध्यता छैन । ’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19