काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा चुक्तापुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँको ५ प्रतिशतले हुन आउने बोनस सेयर र २० प्रतिशतले हुन आउने नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै वितरण गरिने बैंकले जनाएको छ ।