काठमाण्डौ । ८८ वर्ष अगाडि जेआरडी टाटाले जग बसालेको एअरलाइन्स कम्पनी एअर इण्डिया फेरि टाटा गुुप्रकै हुने सम्भावना बढेको छ । अहिले सरकारी स्वामित्वको एअर इन्डिया संकटग्रस्त अवस्थामा छ । संकटको यो अवस्थाबाट पार पाउन एअर इण्डियाले आफ्नो स्वामित्व अरु कम्पनीलाई दिने निर्णय गरेको छ । यसैको लागि १७ मार्चसम्म एअर इण्डियाले टेन्डर आह्वान गरेको छ । एअर इन्डियाको स्वामित्व लिन टाटा गुुप्रले आफ्नो दावेदारीलाई अन्तिम रुप दिने योजनाको नजिक पुगेको छ । टाटा गुुप्रले यसका लागि सिंगापुुुर एअरलाइन्ससँग मिलेर एअर इण्डियाका लागि बोली लगाउने तयारी गरेको छ । स्रोतहरुलाई हवाला दिंदै भारतीय मिडियाहरुले जनाए अनुसार यी दुवै कम्पनी मिलेर अधिग्रहणलाई अन्तिम स्वरुप दिन आवश्यक गृहकार्यमा जुटिसकेका छन् । 

एअर इण्डियाको जग सन् १९३२ मा जेआरडी टाटाले बसालेका थिए र १९४६ मा यसलाई राष्ट्रियकरण गरिएको थियो । यसको सुुरुवाती चरणमा यसको नाम ‘टाटा एअरलाइन्स’ थियो । पछि राष्ट्रियकरण भएपछि यसको नाम ‘एअर इण्डिया’ रहन गयो । अब करिब ८८ वर्ष पछि पुनः यो एअरलाइन्स टाटा घरानामै आउनसक्ने सम्भावना बढेको छ । यसका लागि टाटा गुुप्र आफ्नो योजनालाई सफल पार्न लागि परिरहेको छ । योजनाअनुुसार टाटा गुप्रले एअर इण्डिया र एअर इण्डिया एक्सप्रेसलाई मर्ज गर्न सक्नेछ । एअर इण्डिया एक्सप्रेस, एअर इन्डियाको सतप्रतिशत सब्सीडायरी भएको कम्पनी हो ।

खबरकाअनुसार एअर इण्डिया एक्सप्रेस किन्ने अनुुमतिका लागि टाटा गुुप्रले मलेसियन व्यवसायी टोनी फनार्डिजसँग पनि सम्पर्क गरेको छ ।

फनार्डिजकोे एअर एशियामा ४९ प्रतिशत स्वामित्व रहेको छ । स्वामित्व सम्झौताअनुसार यदि फनार्डिज यसका लागि तयार भएनन् भने टाटा गुप्रले कुनै अन्य बजेट एअरलाइन्समा १० प्रतिशतभन्दा बढी लगानी गर्नसक्ने छैन । 

यस मामिलाका जानकारकाअनुसार चाँडै यस विषयको सम्झौतामा हस्ताक्षर हुन सक्नेछ । टाटा गुुप्रले एअर एसिया र एअर इन्डियाको मर्जरको प्रस्ताव राखेको छ । सूत्रकाअनुसार यो मर्जरबाट भारतीय एभियसन सेक्टरमा फनार्डिजको हिस्सा ठूलो हुनेछ । त्यसैले दुवै पाटीका लागि विन–विनको अवस्था सिर्जना हुनेछ । एअर एसियाको सुुरुवात टाटा गुप्र र फनार्डिजको बीचमा एक ज्वाइन्ट भेञ्चरको रुपमा सन् २०१३ मा भएको थियो । टाटाले अर्काे एउटा फुुल सर्भिस क्यारियर भिस्तारा सञ्चालन गर्ने गर्छ, जुन सिंगापुुर एअरलाइन्ससंग ज्वाइन्ट भेन्चरको रुपमा रहेको छ । यसमा टाटा गुुप्रको ५१ प्रतिशत स्वामित्व रहेको छ । 

हालै मात्र टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरले आफूूहरु मर्जर बिना तेस्रो एअरलाइन्स चलाउन नसक्ने बताएका थिए । यसको अर्थ एअर इन्डिया र भिस्ताराको साथमा टाटा गुुप्रले फुुल सर्भिस स्पेसको एकाधिकार पाउनसक्छ । 

एअर इन्डिया एक्सप्रेसले २० भारतिय शहरमा उडान भर्ने गर्दछ । यसका साथै खाडी तथा दक्षिण एसियाली देशका १३ अन्तर्राष्ट्रिय गन्तव्यमा पनि यसको उपस्थिति रहेको छ । यससँग २५ वटा बोइङ ७३७ रहेको छ । उता, एअर एशियासँग २९ वटा एअरबस एथ्रि३२० रहेको छ जसले २१ शहरमा आफ्नो सेवा प्रदान गर्ने गरेको छ । 

एअर एशिया एन्डिया अहिले विदेशी उडानको लागि अनुुमति कुरेर बसेको छ । उसको यो कुरा लम्बिन सक्छ । किनभने फनार्डिज, र एअर एशिया बोर्डका टाटा प्रतिनिधि आर भेनकटेरामन दुुवै माथि आपराधिक षड्यन्त्र र सम्पत्ति शुुुद्धीकरण मुुुद्धाको सामना गरिरहेका छन् ।