काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमीटेडको खूदनाफातर्फ निकै ठूलो पहिरो गएको छ । अघिल्लो आर्थिक वर्ष ३२ करोड १४ लाख खूद नाफा आर्जन भएकोमा यो कम्पनीमा ठूलो पहिरो गई आर्थिक वर्ष २०७३/७४ मा ११ करोड ६७ लाखमा सीमित बन्न पुुगेको हो । 

यो कम्पनीले समीक्षा अवधिमा बिमा शुल्कबापत ८ अर्ब ५० करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ९५ करोडमा सीमित थियो । 

यो अवधिमा १ अर्ब ७६ करोड दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यो कम्पनील्े ७१ करोड बढीको दाबी भुक्तानी गरेको थियो । यो कम्पनीले ७ अर्ब ४१ करोड रुपैयाँ जीवन बिमा कोषमा सारेको छ । 

कम्पनीको समीक्षा अवधिमा ६ लाख ६८ हजार १ सय ३८ बिमा संख्या कायम छ । अघिल्लो वर्ष यस्तो बिमालेख संख्या ६ लाख २७ हजार थियो । 

अघिल्लो वर्षसम्म २६ अर्ब ४८ करोड रहेको बिमा कोषको आकार बढाएर ३३ अर्ब ८९ करोड पुर्याइएको छ । कम्पनीको जगेडाकोषतर्फ पनि पहिरो नै गएको छ । अघिल्लो वर्षसम्म ४० करोड ८९ लाख रुपैयाँको जगेडाकोष घटेर समीक्षा अवधिमा २६ करोडमा सीमित बन्न पुुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड रहेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४५.९१ गुुणा कायम भएको छ ।