काठमाण्डौ । भारतमा एलआईसी कम्पनीको सेयर लिस्टिङ भएको १ वर्ष पूरा भएको छ। 

गत वर्ष भारतकै ठूलो इन्स्योरेन्स कम्पनी एलआईसीको मेगा आईपीओ आउँदा यसलाई गेम चेन्जरका रुपमा लिइएको थियो। यो कम्पनीको आईपीओमा खुद्रा लगानीकर्ताको उल्लेख्य सहभागिता थियो। तर, पछिल्लो १ वर्षको अवधिमा एलआईसीले सेयरधनीलाई निराश बनाएको छ। 

भारतमा यो कम्पनीको साधारण सेयर निष्कासन मूल्य भारु ९४९ थियो र अहिले त्योभन्दा ४० प्रतिशत तल कारोबार भइरहेको छ। अर्थात् १ वर्षमै यो कम्पनी सेयरमा लगानी गरेकाहरुको भारु २५ खर्ब स्वाहा भएको छ। 

यो कम्पनीमा अझै ९६.५ प्रतिशत सेयर स्वामित्व भारत सरकारसँग छ। यो कम्पनी बजार पुँजीकरणको हिसाबले भारतमा शीर्ष १५ कम्पनीहरुमा छ। तर, कम्पनीको फ्री फ्लोट सेयरको संख्या भने न्यून छ। यो निफ्टी वा सेन्सेक्समा पुग्न नसकेको कारण हो।

आज यो कम्पनीको सेयर बीएसईमा भारु ५७० को आसपास कारोबार भइरहेको छ। –एजेन्सी